बोल्न थाले पूर्व युवराज पारस

paras-shahaकाठमाडौं, २१ फागुन । पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा दिनानुदिन सुधार हुँदै गएको छ ।
हृदयघातका कारण दुई साता देखि थाईलैण्डको समितिभेज अस्पतालमा उपचाररत शाह आज बिहान देखि बोल्न थालेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीका अनुसार आज बिहान देखि पारसले आफैले पानी समेत खान सुरु गरेका छन् । अस्पतालमा भर्ना भएदेखि नै भेन्टिलेटरमा राखिएका उनलाई हिजोबाट भेन्टिलेटरबाट हटाईएको विज्ञप्ती मार्फत जनाइएको छ ।
अस्पतालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आज बिहान देखि पारसले बोल्न र आफै पानी पिउन थालेपनि नशा र दिमागका बारेमा एआरआई पश्चात मात्र भन्न सकिन्छ ।’ उनलाई फिजियोथेरापी गर्नुपर्ने अस्पतालले जनाएको छ । अचेत अवस्थामा रहेका पारसको दुई दिन अघि मात्र होस खुलेको थियो । पारसको स्वास्थ्य अवस्था गंभिर हुँदै गएको समाचार आउन थालेपछि केही दिन अघि उनको सपरिवार थाईलैण्ड गएको थियो । अहिले पारसका परिवारका सबै सदस्यहरु थाईलैण्डमै छन् ।

प्रतिक्रिया