‘दलहरुबीच ९५ प्रतिसत कुरा मिलेको छ’

Krishnabahadur-Maharaरोल्पा, २१ फागुन । एमाओवादीका नेता कृष्णबहादुर महराले संविधानसभाको नयाँ निर्वाचन र चुनावी सरकार बनाउने विषयमा दलहरुबीच करीब ९५ प्रतिशत सहमति भइसकेको दाबी गरेका छन् ।
गृह जिल्ला रोल्पाको लिवाङमा आज सनस्टार युवा क्लबको प्रथम बार्षिकोत्सवको उद्घाटन कार्यक्रममा नेता महराले केही दिनमै प्रधानन्यायाधीश खिलराज रेग्मीकै नेतृत्वमा चुनावी सरकार गठन हुने बताए । उनले भने, ‘वर्तमान परिस्थितिमा दलीय सहमतिको अन्य कुनै पनि विकल्प छैन ।’ उनले दलहरुका बीच अधिकांश विषय मिलेको दोहराए ।
‘भोलि वा पर्सी नै चुनावी सरकारका बारेमा टुङ्गोमा पुग्छौं,’ उनले भने, ‘आगामी जेठ–२२ गते संविधानसभाको निवर्चान हुने निश्चितप्रायः भइसकेको छ ।’
उनले राजनीतिक दलहरुबाट चुनावी सरकारको नेतृत्व चयन गर्न असफल भएकाले राजनीतिक संक्रमणलाई छोट्याउन अन्तिम विकल्पका रुपमा प्रधानन्यायाधीशलाई अघि सारेको बताए ।

प्रतिक्रिया