रकहाउसमा सांस्कृतिक कार्यक्रम हुने

parbati-Raiकाठमाडौं : गीत/संगीतको उत्थानका लागी विगत एक वर्षदेखि संगीतिक कार्यक्रम गर्दै आएको रक हाउस क्याफेले नारी दिवसको अवसर पारेर विषेश सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी २५ गते रक हाउस क्याफे रातो पुलमा आयोजना हुने उक्त कार्यक्रममा गायिका पार्वती राई, सरला राई ‘खोटाङ तारा प्रतियोगिता’मा दोस्रो भएका रेवत राईलगायत गायक/गायिकाको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा गायिका पार्वती राईले खोटाङ हलेसी…, मेरो देउता…, यो मनको तृष्णा…, सँगसँगै…, पहाड हुँ म…, भन्ज्याङको चौतारीमा…लगायत आफ्ना दर्जनाँै चर्चित गीत प्रस्तुत गर्ने भएकी छन् । त्यस्तै सहभागी अन्य गायक गायिकाले पनि चर्चित गीत/संगीत प्रस्तुत गर्ने आयोजक रक हाउसका सञ्चालक दीपक राईले बताए । दर्शक श्रोताहरूको रुचीअनुसारको सांगीतिक प्रस्तुतिसमेत गरिने कार्यक्रमको सञ्चालन हेम सुवेदीले गर्दै छन् । (सौस)

प्रतिक्रिया