दलहरुको निर्णय विरुद्ध राजधानीमा प्रदर्शन

Khilraj Regmi Cjकाठमाडौं, १९ फागुन । नागरिक समाजका अगुवाले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने प्रमुख दलहरुको निर्णय विरुद्ध आज राजधानीमा प्रदर्शन गरेका छन् ।
रत्नपार्कको शान्ति बाटिकामा जम्मा भएका अगुवाले लोकतन्त्रिक मूल्यमान्यता विपरित रेग्मीलाई सरकार प्रमुखको जिम्मेवारी नदिन माग गरे । उनीहरुले रेग्मीलाई सरकार प्रमुख बनाउने दलहरुको निर्णय विरुद्ध केही समय धर्ना समेत दिए ।
प्रधानन्यायाधीशले सरकारको नेतृत्व गरे लोकतन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको सिद्धान्त विपरित हुने उनीहरुको भनाई छ ।
राजनीतिक संकट सामाधान गर्ने नाममा स्वतन्त्र न्यायापालिकालाई राजनीतिकरण गरेको भन्दै नागरिक समाजका अगुवाले आपत्ति समेत जनाए ।

प्रतिक्रिया