टेलिफोनमा धम्क्याई रकम असुल्ने पक्राउ

karagarकाठमाडौं, १९ फागुन । काठमाडौंमा फोनमार्फत धम्क्याएर रकम असुल्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिलाई फोन गरेर रकम माग गर्नुका साथै रकम नदिए अपहरण तथा ज्यान मार्ने धम्की दिने पर्वतका श्याम शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
बराहचौर निवासी २२ बर्षीय शर्मालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
शर्माले फोनमार्फत बैंकको खाता नम्बर दिएर रकम जम्मा गर्न लगाएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले भनाई छ ।

प्रतिक्रिया