पाँच दिनका लागि क्याम्पस बन्द

भक्तपुर, १८ फागुन । विद्यार्थी संगठनहरुबीच बढेको विबाद कारण भक्तपुरमा रहेको सानोठिमी क्याम्पस थप पाँच दिनका लागि बन्द गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसले गर्न लागेको सहिद सप्ताह खेलकुद २०६९ को विषयमा विद्यार्थी संगठनहरुबीचको विवादले क्याम्पसमा झडपको अवस्था सिर्जना भएको भन्दै क्याम्पस प्रशासनले पाँच दिन क्याम्पस बन्द गरिएको जनाएको छ ।
बिवादकै कारण बुधबार देखि क्याम्पस रहेपनि विद्यार्थी संगठनहरुबीचको विबाद झन् चर्किदै गएपछि प्रशासनले सूचना टाँसेर बन्द गरेको हो । विवादकै कारण १७ गते देखि २३ गतेसम्म संचालन गर्ने भनिएको सहिद सप्ताह खेलकुद पनि स्थगित गरिएको छ ।
खेलकूद सप्ताहमा नेबिसंघ तथा अनेरास्वयियूले सबै विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजना हुनुपर्ने माग राखेपछि विवाद भएको थियो । गत बुधबार भएको झडपमा दुबै तर्फका १२ जना भन्दा बढी विद्यार्थी घाईते भएका थिए ।

प्रतिक्रिया