नुवाकोट खेलाडी संघमा राममाया

काठमाडौं : नुवाकोट खेलाडी संघको प्रथम साधारणसभाले राममाया थापाको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । पाँच उपाध्यक्षमा जितसिंह तामाङ, श्यामबहादुर तामाङ, कृष्णलाल तामाङ, सुनीता श्रेष्ठ र दिनेशकुमार तामाङ छन् । नारायणकाजी आले मगरले महासचिव, अरुण थापा मगरले सचिव तथा फाइ लामा तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यहरूमा रमेश लामा, सरोज तामाङ, मञ्जु लामा, तुलसी थापा मगर तथा हरिशरण राई रहेका छन् । (सौस)

प्रतिक्रिया