कुहिरोबाट प्रभावित

जिनान : पूर्वी चीनको जिनान अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण एक सयभन्दा बढी उडानबाट प्रभावित भएको छ । कुहिरोका कारण स्थानीय समयानुसार बुधबार बिहान ११:३० बजेसम्ममा ९० भन्दा बढी उडान स्थगन गरिएको र अन्य १० भन्दा बढी उडान रद्द भएको विमानस्थल अधिकारीले जनाएका छन् । उडान स्थगनबाट पूर्वी चीनको सानडोंग प्रान्तको प्रान्तीय सहरमा अवस्थित जीनान विमानस्थलमा चार हजारभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र रहेको जनाइएको छ । (सिन्ह्वा)

प्रतिक्रिया