छोरी करणी गर्ने बाबु पक्राउ

Hari-narayan-mandalराजविराज, १७ फागुन । एक वर्ष अघिदेखि अविवाहित छोरीमाथि लगातार करणी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छोरीलाई करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले हरिनारायण खङ मण्डललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारीअनुसार बिरामीले सिकिस्त र अलपत्र अवस्थामा फेला परेकी १५ वर्षीया अनिता मण्डल (नाम परिवर्तन) लाई प्रहरीले स्थानीय सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरेको थियो । उपचारकै क्रममा मंगलबार अनिताबाट गर्भपतन गराउन खोजिएको मृत बच्चा जन्मिएपछि घटना सार्वजनिक भएको एसपी सञ्जयसिंह बस्नेतले बताए ।
घटनाअनुसार हरिनारायणले एक वर्षदेखि छोरीलाई करणी गर्दै आएको र गर्भ बसेपछि अनिताले १४ फागुनमा गर्भपतनको प्रयास गरेको पाइएको छ । अनिताले समेत बुबाको नै गर्भ बोकेको भनेर जाहेरी दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया