जेठमा नभए मंसिर : दाहाल

Prachandaपोखरा १६, फाल्गुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जेठमा निर्वाचन सम्भव नभए मंसिरमा हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघले पोखरामा बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले प्रधानन्यायधीश नेतृत्वमा गठन हुने सरकारले जेठ भित्रै निर्वाचन गर्ने तयारी भएपनि समय नपुगे मंसिरसम्म सारिने बताए ।
अहिलेको राजनीतिक संक्रमण अन्त्यका लागि प्रधानन्याधीशको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘अहिले सहमती नभए अझै ९ महिनासम्म यस्तै अवस्था रहने भएकाले मैले प्रधानन्यायधीश नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव ल्याएको हुँ ।’
अध्यक्ष दाहालले प्रधानन्याधीश नेतृत्वको सरकार गठन गर्ने सन्दर्भमा चारदलको नेतृत्व सहमत भएको र विहीबारसम्म यसले मूर्तता पाउने दावी गरे । उनले प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव विदेशीको दवावमा नभएको स्पष्ट पारे ।

प्रतिक्रिया