गोली प्रहार गरेर नौं लाख लुटपाट

Jhapa Districtझापा, १६ फागुन । झापाको सुरुङ्गा पुलमा लुटेराले स्थानीय दीपक पोखरेललाई आज गोली प्रहार गरेर नौ लाख रुपियाँ लुटपाट गरेका छन् ।
बिर्तामोडबाट पैसा लिएर मोटर साईकलमा सुरुङ्गा जाँदै गरेका पोखरेललाई मोटर साईकलबाट पिछा गर्दै आएको समुहले गोली प्रहार गरी लुटपाट गरेको नायव उपरीक्षक मोहन शर्माले जानकारी दिए ।
सुरुङ्गा– ५ निवासी पोखरेल सुरुङ्गाको प्रभु मनी ट्रान्फरका संचालक हुन् । लुटपाटमा संलग्नको खोजी भईरहेको शर्माले बताए ।
पोखरेलको बिर्तामोडमा उपचार हुन नसके पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको सुरुङ्गा प्रहरी चौकीका नायव निरीक्षक वविन्द्र नेम्वाङ्गले बताए ।

प्रतिक्रिया