कोकाकोलाको साझेदारी

काठमाडौं : कोकाकोला नेपालले प्रसिद्ध वातावरणविद् सर रोबर्ट स्वानको एक्सपिडिसन टु एन्टार्टिकसँग साझेदारी गरेका छन् । जलवायु परिवर्तनका बारेमा चेतना उजागर गर्ने उद्देश्यले साझेदारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वाती लोहिया, कोकाकोला स्याब्कोका एन्टार्टिकामा जानका लागि अन्तर्राष्ट्रिय स्वयंसेवकको टोलीका रूपमा छानिएका छन् । औपचारिक रूपमा इन्स्पायर एन्टार्टिका एक्सपिडिसन २०१३ नाम राखिएको यो एक्सपिडिसन फेब्रुअरी २८ देखि १३ मार्च २०१३ सम्म सञ्चालन हुने विज्ञप्तिमा छ । त्यसका लागि कोकाकोला नेपाल एन्टार्टिका जान अन्तर्राष्ट्रिय टोलीको एसोसिएट पार्टसमेत बनेको छ । विश्वव्यापीरूपमा स्वानलाई प्रेरणादायी वक्ता, पोलार एक्सप्लोरर तथा उत्तरी र दक्षिण धु्रवमा पुग्ने पहिला व्यक्तिका रूपमा चिनिन्छन् । यात्रामा वातावरणीय विषयका बारेमा चेतना फैलाउनु र मौसम परिवर्तन गर्नुका साथै कोकाकोला जस्ता अन्य संगठनसँग साझेदार गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया