चुनाव पछि रेग्मी घर फर्कनु पर्छः खड्का

Narayan Khadkaउदयपुर, १५ फागुन । कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले सरकारको बागडोर सम्हाल्न लागेका प्रधानन्यायाधीश खिलराज रेग्मी संविधान सभाको निर्वाचन पश्चात सर्वोच्च अदालत नभई आफ्नो घर तर्फ जानुपर्ने बताएका छन् ।

गृह जिल्ला उदयपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा खड्काले सरकारको नेतृत्व गरिसके पछि पुनः प्रधानन्यायाधीश हुने नैतिकता र कानूनी प्रावधान सकिँने दाबी गरे । ‘यदि रेग्मी प्रधानमन्त्री भए पछि निर्वाचन सकिँनसाथ घर जानु पर्छ,’ उनले भने ।
‘प्रधानन्यायाधीशलाई दुईवटै हातमा लड्डु हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री बन्दाको अबस्थामा प्रधानन्यायाधीशको पद त्याग्नु पर्छ ।’
उनले रेग्मी नेतृत्वको सरकारको मन्त्रिपरिषदमा कुनै पनि दलबाट प्रतिनिधित्व हुन नहुँने बताए ।

प्रतिक्रिया