कोरियामा न्यूनतम पारिश्रमिक बृद्धि

दक्षिण कोरिया : पछिल्लो समय बैदेसिक रोजगारीको मुख्य आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा इपिएसमार्फत आउने आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । कोरियन श्रम तथा रोजगार मन्त्रालयले ०१३ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने गरि न्यूनतम पारिश्रमिकमा ६ दशमलव एक प्रतिशतले वृद्धि गरेको हो ।

नयाँ पारिश्रमिक अनुसार सातामा ४० घन्टा कामगर्ने २० जनाभन्दा बढी कामदार भएको कम्पनीले मासिक नौ लाख ५७ हजार वनबाट बढाएर १० लाख १५ हजार सात सय ४० वन र सातामा ४४ घन्टा कामगर्ने २० जनाभन्दा कम कामदार भएको कम्पनीले १० लाख ९८ हजार तीन सय ६० वन दिनुपर्नेछ । जसअन्तर्गत अक्तिरिक्त समय काम गरेको एक घन्टाको सात हजार दुई सय ९० वन, रातिको २४ सय ३० वन थप र दैनिक ३८ हजार आठ सय ८० वन पुगेको मन्त्रालयले जनाएको छ । तर, कृषि तथा पशुपालन भिसा वाहकका लागि कामदार र सञ्चालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।
मन्त्रालयका अनुसार नयाँ पारिश्रमिक लागू गर्न यहाँका उद्योग सञ्चालकलाई निर्देशन दिइएको छ । जसअन्तर्गत नयाँ पारिश्रमिक जनवरीदेखि डिसेम्बर अन्तिमसम्म लागू हुने छ । तलब वृद्धिले यहाँ कार्यरत प्रवाशीकामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुने ‘दि हेरान्ड’ले जनाएको छ । पन्ध्र देशका  युवाहरूकोआकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले नेपाली श्रमिक थप उत्साहित बनेका छन् । (सौस)

प्रतिक्रिया