शीर्ष बैठक सहमतिमै सीमित

4 dal ka netaकाठमाडौं, १३ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बिषयमा दैनिक सरह छलफल गर्दै आएका प्रमुख चार राजनीतिक शक्तिले पुनः खिलराज रेग्मीसँग आग्रह गर्ने सहमति गरेका छन् ।
राजधानीमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले चुनावी सरकारको नेतृत्व गर्न रेग्मीसँग आग्रह गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । प्रधानन्यायाधीश रेग्मीले चुनावी सरकारको नेतृत्व लिन अनिच्छा देखाए पछि दलहरुले परामर्श पुनः आग्रह गर्ने भएका हुन् ।
प्रधानन्यायाधीश रेग्मीसँग परामर्श गर्नका लागि शीर्ष बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया