बोल्दा बोल्दै संसार छोड्यो…..

malesiyaउदयपुर, १३ फागुन । तीन बर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया पुगेका उदयपुरका एक युवक घर फर्कने क्रममा कार दुर्घटनामा परेर मृत्यु भएको छ ।
रौता–९ का ३२ बर्षीय अमरबहादुर मगरको गत बुधवार साँझ कार दुर्घट्नामा मृत्यु भएको हो । मलेसियामा तीन बर्षको बसाई पछि घर फर्कन एयरपोर्ट जाँदै गर्दा मगर चढेको कार दुर्घटनामा परेको जनाईएको छ ।
कारमा रहेका उनका साथी रामबहादुर तामाङ पनि घाईते भएका छन् । उनको अवास्था पनि गम्भीर छ ।
मलेसियास्थित आफूले काम गर्ने प्रेस्तार कम्पनीबाट एयरपोर्ट तर्फ जाँदै गर्दा कार दुर्घट्नामा परेको थियो । मगरको घट्ना स्थलमै मृत्यु भएको फुपाजु डम्बरबहादुर मगरले जानकारी दिए ।
‘एयरपोर्ट जानुभन्दा आधा घण्टा अगाडि मात्रै उनले फोन गरेका थिए,’ भावुक हुँदै छिमेकी श्याम तामाङले भने, ‘बोल्दा बोल्दै उसले संसार छाड्यो ।’

प्रतिक्रिया