गाविस सचिवद्वारा आन्दोलन घोषणा

sarkar logoकाठमाडौं, १३ फागुन । विभिन्न माग राखेर गाविसका सचिव र कर्मचारीहरुले फागुन तेस्रो सातादेखि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
गाउँ विकास समिति कर्मचारी संघ नेपाल र गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर माग पुरा नभए फागुन–१६ गतेबाट देशभरिका गाविसको कार्यालय ठप्प पार्ने जनाए ।
कर्मचारीहरुले स्थानीय निकायको अध्यक्षको भूमिका निर्वाह गर्नु स्थानीय निकायको नियमावली विपरित रहेको भन्दै स्थानीय निकायको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेका छन् ।
संविधानसभाको निर्वाचनसँगै स्थानीय निर्वाचन गर्नुपर्ने, स्थानीय स्वायत्तताको प्रत्याभूति हुनुपर्ने, स्थानीय सेवा आयोग गठन गरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने, स्थानीय निकायको अनुदान तथा सामाजिक सुरक्षा रकम स्वीकृत बजेट बमोजिम निकास हुनुपर्ने जस्ता ५ सूत्रीय माग पनि उनीहरुको छ ।

प्रतिक्रिया