प्रतिपक्षको प्रस्ताव मान्नु पर्छः जोशी

NAbindra-RAj-Joshi-copyकाठमाडौं, १३ फागुन । कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एमाओवादी र मधेसी मोर्चाका सबै प्रस्ताव फेल भईसकेकाले अब प्रतिपक्षी दलहरुको एजेण्डालाई मान्नु पर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता जोशीले प्रचण्ड, बाबुराम र मधेसी मोर्चाका सबै प्रस्तावलाई प्रतिपक्षले स्वीकार्दौ आएपनि उनीहरुको सत्तालिप्साले निकास आउन नसकेको बताए । ‘सत्ता लिप्साका कारण एमाओवादी र मधेसी मोर्चाले एजेण्डाहरु एकपछि अर्को गर्दै अगाडि सारेकाले उनीहरुको प्रस्ताव फेल भएको छ,’ उनले भने, ‘अब उनीहरुले प्रतिपक्षी दलको प्रस्तावलाई स्वीकार्नु पर्छ ।’
नेविसंघ पूर्व अध्यक्ष गुरुराज घिमिरेले अहिलेका राजनीतिज्ञहरु प्रचण्डका वरिपरी घुमेकाले संकटकालको निकास निस्कन नसकेको बताए ।

प्रतिक्रिया