दुई नेपाली भारतमा पक्राउ

कपिलवस्तु : भारत जाँदै गरेका दुई युवालाई चरेससहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ । दशगजादेखि सातमिटरमै रहेको भारतको बढनी कस्टम सुरक्षा चेकजाँच पार गरेर एसएसबीको चेकजाँचमा पुगेका युवाको शरीरबाट ११ किलो तीन सय ९० ग्राम चरेस बरामद गरेको एसएसबीले जनाएको छ । सिमानामा हुने कडा सुरक्षा चेक जाँच पार गरी भारतको बढनी पुग्न सफल दाङ, घोराहीका इन्द्र पुनमगर र दम्बरका मीना पुनमगरको शरीरबाट चरेस बरामद भएको हो ।

प्रतिक्रिया