माल्दिभ्समा राजनीतिक संकट

माले : माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले त्यहाँको वर्तमान सरकारले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै मालदिभ्समा रहेको भारतीय नियोगमा शरण लिएका छन् । उक्त घटनापछि त्यहाँ राजनीतिक संकट थप गहिरिएको छ ।

यस प्रकरणपछि माल्दिभ्समा थप राजनीतिक अस्थिरताको सम्भावना देखिएको छ । उनले सरकारले आफूलाई पनि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गर्ने योजना बनाएको आरोप लगाएका छन् । उक्त पक्राउबाट बच्नका लागि उनी सो नियोगमा शरण लिनुभएको हो । उनले आफ्ना कार्यकर्ताहरूलाई पनि सोही आधारमा मुद्दा लगाइएको बताएका छन् ।
केही दिनअघिदेखि राजधानी मालेमा रहेको भारतीय नियोगमा बस्दै आएका उनले आफूलाई विनाकारण सरकारले पक्राउ गर्ने योजना बनाएको भन्दै त्यसका विरुद्धमा एवं सो पक्राउबाट बच्नका लागि भारतीय दूतावासमा आश्रय लिएका हुन् । यो अवस्थासँगै सानो देश मालदिभ्समा ठूलै राजनीतिक अस्थिरता बढिरहेको पाइएको छ । उनले मालदिभ्समा राजनीतिक समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै यसका लागि भारतले चासो लिनुपर्ने धारणा पनि
राखेका छन् ।
पूर्वराष्ट्रपति नसिदको दल मालदिभीयन डेमोक्र्याटिक पार्टीका ८०० जना कार्यकर्ता वर्तमान सरकाले थुनामा राखेको वा विनाकारण मुद्दा मामिलामा फसाएको पनि उनको आरोप छ । एकातिर दलहरूका बीचमा यस्तो अवस्था छ भने अर्कोतर्फ त्यहाँको सरकारले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिका लागि निर्वाचन आह्वान गरिसकेको छ ।
उनीविरुद्ध पनि वर्तमान सरकारले पक्राउ पुर्जी नै जारी गरेकाले उनी र उनको दललाई सो निर्वाचनमा सहभागी गराउने के–कस्तो रणनीति वर्तमान सरकारले बनाएको छ भन्ने बारेमा पनि केही भनिएको छैन ।
प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको पूर्वराष्ट्रपति नसिदको दलले आफ्ना सम्पूर्ण कार्यकर्तालाई रिहा नगर्दासम्म निर्वाचनमा नजाने बताउँदै आएको छ । घोषित निर्वाचन के कसरी हुन्छ र त्यसमा पूर्वराष्ट्रपति नसिदको दल र उनी स्वयंको के कस्तो सहभागिता हुन्छ भन्ने बारेमा साढे तीन लाखमात्र जनसंख्या रहेको मालदिभ्समा ठूलै राजनीतिक संकटको सम्भावना बढेको देखिएको हो । (एजेन्सी)

प्रतिक्रिया