फ्री तिब्बतलाई सघाउँदै दुई अधिकारकर्मी

Dalai-Lamaकाठमाडौं, ६ फागुन । नेपालका दुई मानवअधिकारकर्मीले फ्री तिब्बतको आन्दोलनलाई प्रत्यक्ष सघाइरहेको खुलासा भएको छ । फ्री तिब्बत आन्दोलनलाई सघाएको उनीहरू स्वयंले सकारेका छन् ।

नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदीप पाठक र मानवअधिकारकर्मी कपिल श्रेष्ठ फ्री तिब्बत अभियानमा संलग्न रहेका हुन् । उनीहरू तिब्बती शरणार्थीले गर्ने प्रत्येक गोप्य कार्यक्रममा सहभागी हुने गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार पाठक र श्रेष्ठलाई भारतमा रहेको पोतला गुम्बामार्फत अमेरिकाले ठूलो रकम सहयोग पठाउँछ । उनीहरूको निर्वासित नेता दलाई लामासँग समेत नियमित सम्पर्क हुने गरेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘पाठक र श्रेष्ठ शरणार्थीले गर्ने औपचारिक कार्यक्रममा मात्र होइन, अनौपचारिक कार्यक्रममा समेत नियमित सहभागी हुन्छन्, कार्यक्रममा उनीहरू शरणार्थीलाई प्रशिक्षणसमेत दिने गर्छन् ।’ उनीहरू कार्यक्रममा सहभागी हुने गरेको तस्बिरले समेत पुष्टि गर्छ ।
प्रहरी स्रोतका अनुसार केही महिनाअघि शरणार्थीहरू बौद्धस्थित शेर्पा सेवा केन्द्रमा विशेष कार्यक्रम गर्ने योजनामा थिए । तर, प्रहरीले हस्तक्षेप गरेपछि कार्यक्रम हुन सकेको थिएन । त्यसलगत्तै पाठकले प्रहरीलाई फोन गरी कार्यक्रम रोक्नुको कारण सोधेका थिए । प्रहरी स्रोत भन्छ, ‘चीनविरोधी गतिविधि रोक्न जब हामी पुग्छाँै, लगत्तै मानवअधिकार उल्लंघन भएको भन्दै पाठकको फोन आउँछ ।’
सौर्यको फोन सम्पर्कमा पाठकले पहिले आफू शरणार्थीहरूको कुनै पनि कार्यक्रममा सहभागी नभएको दाबी गरे । उनले शुक्रबार भने, ‘म तिब्बती शरणार्थीहरूसँग सम्बन्धित नै छैन, त्यसैले उनीहरूको कार्यक्रममा जाने कुरै भएन ।’ उनले त्यस्ता कार्यक्रममा गएको प्रमाण ल्याउन चुनौती नै दिए ।
‘एउटा मात्र पनि प्रमाण दिनुस्, प्रमाणविनाका समाचार छाप्नुहुन्छ भने म खण्डन छपाउनतिर लाग्दिनँ, सिधै उजुरी गर्छु,’ उनले सौर्यसँग भने, ‘तपार्इंलाई थाहै हुनुपर्छ, नेपालमा पत्रकार किन मारिन्छन् । यति भनेपछि तपाईंले धेरै कुरा बुझ्नुहुन्छ ।’
शनिबार पाठक शरणार्थीको कार्यक्रममा सहभागी भएको तस्बिर नै प्राप्त भएपछि उनलाई फेरि फोन सम्पर्क गरेर सोधियो । यसपटक उनले आºनो भनाइ सच्याए । उनले भने, ‘म अहिंसामा विश्वास गर्छु, अहिंसासँग सम्बन्धित कुनै पनि कार्यक्रममा संसारका जुनै मानिसले बोलाए पनि म सहभागी हुन्छु । यो घामजत्तिकै संसारलाई थाहा छ ।’
अर्का मानवअधिकारवादी नेता श्रेष्ठले भने आफू शरणार्थीको कार्यक्रममा सहभागी हुने गरेको सहर्ष स्विकारे । उनले भने, ‘मानवअधिकारसँग सम्बन्धित जुनसुकै कार्यक्रममा सहभागी हुनु मेरो धर्म हो, त्यो म गर्छु । मानवअधिकार उल्लंघनका घटना चीन सरकारले नगरेको भए सयभन्दा धेरै तिब्बतीले किन आत्मदाह गर्थे ? चिनियाँ केही भरौटे तत्त्वले यसमा आपत्ति जनाउलान्, त्यसमा आई डन्ट केयर ।’
झलनाथ खनाल नेतृत्वको सरकारका अर्थराज्यमन्त्री लारक्याल लामा चीनविरोधी गतिविधिमा संलग्न रहेको विवादमा मुछिएपछि पदबाट राजीनामा दिनुपरेको थियो । सो घटनापछि पाठक र श्रेष्ठ केही महिना निष्क्रिय बनेका थिए । कार्यक्रममा नजाने तर रकम भने लिइ नै रहेपछि उनीहरूप्रति पश्चिमा मुलुकको अविश्वास बढ्दै गएको थियो । पछिल्ला दिनमा आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने सर्तमा पाठकको संगठनलाई ठूलो मात्रामा आर्थिक सहयोग मिलेको स्रोतले बतायो । स्रोतले भन्यो, ‘पछिल्लो आत्मदाहको घटना गराउनमा उनीहरूले नै भूमिका खेलेका हुन सक्छन् ।’
यसअघि तिब्बती शरणार्थीले बौद्ध स्तुपानजिकै एक तिब्बती शरणार्थीले आत्मदाहको असफल प्रयास गरेका थिए । सो घटनाको तस्बिर खिच्न पाठक सबैभन्दा पहिले क्यामेरा बोकेर पुगेको स्रोतको दाबी छ । यसबारे पाठकले केही बोल्न मानेनन् ।
दोस्रो आधार क्षेत्र बनाउने तयारी
तिब्बती शरणार्थीहरूले चीनविरोधी गतिविधि गर्न नेपाललाई भारतपछिको दोस्रो आधार क्षेत्र बनाउने तयारीमा जुटेको रहस्य खुलेको छ । यसका निम्ति उनीहरूले ताप्लेजुङका निमा शेर्पालाई नियुक्त गरिसकेका छन् ।
शेर्पाकै योजनामा भारतको उत्तराञ्चलबाट नेपाल आएका २५ वर्षीय तिब्बतीयन नागरिक धोन्डुप गोप्चेले बुधबार बिहान आत्मदाह गरेका थिए । बौद्ध स्तुपाको मूलगेटअगाडि शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेका गोप्चेको बुधबार राति १०:३० बजे नै महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
स्रोतका अनुसार चीनविरोधी गतिविधि तीव्र तुल्याउन नेपालमा युवाहरूको दस्ता ‘नान’ सक्रिय छ । यसको आधार क्षेत्र बौद्ध आसपास नै हो । उनीहरूले प्रत्येक महिनाजसो बौद्धका आसपासका क्षेत्रमा चीनविरोधी गोप्य बैठक तथा कार्यक्रम गर्दै आएका छन् । नेपालमा तिब्बती पृथकतावादीले १३ सदस्यीय आन्दोलन संयोजन समिति गठन गरेको तथ्य सरकारी गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले तयार गरेको प्रतिवेदनमा समेत उल्लेख छ ।
प्रतिवेदनमा उक्त समितिको नेतृत्व तथाकथित तिब्बती प्रधानमन्त्री लोबसाङ साङवे आफँैले गरिरहेको उल्लेख थियो । प्रतिवेदनमा आन्दोलनमा नरम हुन भारतमार्फत अमेरिकालगायत मुलुकले नेपाललाई कूटनीतिक दबाब दिइराखेको पनि उल्लेख गरिएको छ । चीनविरोधी गतिविधि भएकै बेला प्रहरीबाट पक्राउ ‘नान’ अध्यक्षसहित ६ जनालाई छुटाउन पाठकले कुनै भूमिका नखेलेपछि पश्चिमाहरू उनीसँग रुष्ट बनेका थिए ।

प्रतिक्रिया