फुटबल हेर्न ज्ञानेन्द्र…

Gynendra-shaha-baglungवीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार सिमरामा जारी म्याजिक मोमेन्ट चौथो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल हेर्न रंगशालामै पुगे । खेल सुरु भएको १३औँ मिनेटमा रंगशाला पुगेका उनी खेल अवधिभर बसेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र आºनी पत्नी पूर्वरानी कोमल शाहको जन्मदिन मनाउने सिलसिलामा एक सातादेखि बाराको सिमरामा छन् । बिहीबार उनले यति हिमालयन शेर्पा क्लब र संकटा क्लबबीचको खेल हेरेका हुन् । गत शुक्रबार परिवारसहित सिमरा आएको एक सातापछि बिहीबार पहिलोपटक उनी सार्वजनिक रूपमा देखिएका हुन् ।
रंगशालामा बिहीबार पूर्वराजा आउने जानकारी भए पनि आयोजकले यसबारे प्रचार गरेको थिएन । अन्य सार्वजनिक कार्यक्रममा सहभागी हँुदा समर्थकलाई हात हल्लाएर अभिवादन गर्ने ज्ञानेन्द्रले बिहीबार सिमरा रंगशालामा पुग्दा भने त्यस्तो केही प्रतिक्रिया देखाएनन् । आºना केही सुरक्षाकर्मीसहित बा.६च २८२९ नम्बरको कालो गाडीमा सवार भई खेल सुरु भएको १३औँ मिनेटमा अचानक रंगशाला प्रवेश गर्दा दर्शक अचम्भित बनेका थिए ।
शाहले आयोजकले बनाएको मञ्चमा राखिएको सोफासेटमा बसेर पूरै खेल हेरे । खेलमा हिमालयन शेर्पाका खेलाडीले निर्णायक गोल गरेपछि ज्ञानेन्द्रले ताली बजाएर खुसी प्रकट गरेका थिए । हिमालयन शेर्पा र संकटाबीचको प्रतिस्पर्धात्मक खेल हेरिरहेका कतिपय दर्शकले पूर्वराजाको उपस्थितिबारे थाहै पाएका थिएनन् । पूर्वराजा खेल अवधिभर गम्भीर मुद्रामा देखिन्थे । कालो चस्मा, रातो ढाकाटोपी, नीलो ज्याकेट र पाइन्टमा रंगशालामा पुगेका उनले झन्डै डेढ घन्टा बिताए ।
खेल सकिएपछि सुरक्षाकर्मी र हितैषीका साथ उनी गाडीमा चढी सिमरा बजारस्थित प्रभू निवासतर्फ फर्किए । एक महिनाका लागि सिमरा आएका उनी पूर्वरानी कोमल र उनका सहयोगीसहित सिमरा–५, बजनीस्थित प्रभूवासमा बसिरहेका छन् । (सौस)

प्रतिक्रिया