अध्यादेश फिर्ता नपठाउन आग्रह

rambaran yadav2काठमाडौं, ३ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारद्वारा स्वीकृत गर्न पठाएका अध्यादेश फिर्ता नगर्न राष्ट्रपति डा.रामवरण यादवसँग आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटका क्रममा प्रधानमन्त्री भट्टराईले डा.यादवसँग सो आग्रह गरेका हुन् । सरकारद्वारा स्वीकृतिका लागि पठाएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनसम्बन्धि दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयले फिर्ता पठाउने तयारी गरिरहेका बेला डा.यादव र भट्टराईबीच भेटबार्ता भएको हो ।
भट्टराईले अध्यायदेश फिर्ता पठाउने राष्ट्रपतिको तयारी प्रति असन्तुष्टि जनाउँदै अध्यादेश स्वीकृत गर्न आग्रह गरेको स्रोतको भनाई छ ।
सत्य निरुपण र बेपत्ता आयोग गठनसम्बन्धि अध्यादेशमार्फत सरकारले गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिन लागेको भन्दै अध्यायदेश जारी नगर्न अधिकारवादीका साथै अन्तर्राष्ट्रिय समुदायले राष्ट्रपतिसँग आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया