“प्रधानमन्त्रीको राजीनामापछि मात्र विकल्पमा छलफल”

kp olisझापा (दमक), २ फागुन । एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामापछि मात्रै विकल्पमाथि छलफल हुने बताएका छन् ।

दमकमा मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा नेता ओलीले प्रधानन्यायाधीशको नाममा राजनीतिक दलहरू अहिलेसम्म सहमत नभएको स्पष्ट पार्दै यस्तो बताएका हुुन् । ‘प्रधानन्यायाधीशको नाम प्रधानमन्त्री वा निर्वाचन परिषद्को रूपमा अगाडि सारेर राजनीतिक दलहरू अक्षम रहेको प्रमाणित गर्न खोजिदै छ,’ उनले भने, ‘एमाओवादीे आफ्नो स्वार्थ पूर्तिमा मात्र केन्द्रित छ ।’
एमाओवादी आफू असफल भएपछि अरू राजनीतिक दललाई पनि असफल बनाउन लागिपरेको आरोप उनले लगाए । मुलुक संक्रमणकालका साथै संवैधानिक जटिलतामा फसेको उल्लेख गर्दै उनले यसको व्यवस्थापन गर्ने पक्षमा एमाओवादी नरहेको धारणा समेत व्यक्त गरे ।

प्रतिक्रिया