चन्दाले खनेको बाटोमा नेतालाई बहिष्कार

गुल्मी, २८ माघ । विकास निर्माणका काम सम्पन्न भएपछि सकेसम्म राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री नभए दलका ठूला नेतालाई बोलाएर उद्घाटन गराउने परम्परा कायमै छ ।

गाउँका सोझा नागरिकले कष्ट गरेर केही नयाँ गरे पनि नेतालाई उद्घाटन गरेर मात्र उपयोगमा ल्याउने प्रचलन छ । गुल्मीमा पनि अधिकांश नयाँबाटोमा नेताले उद्घाटन गर्छन र सर्वसाधारण गाडीमा हँुइकिन्छन् । तर, गुल्मीको मभुङका युवाले भने राजनीतिक दलका नेतालाई बहिष्कार गर्दै आपैँmले चन्दा उठाएर खनेको बाटो आपैँm उद्घाटन गरेका छन् ।
मभुङ–५ हुलका युवाले दलका नेताले आफ्नो गाउँमा बाटो पुर्‍याउन २१ वर्षदेखिको चाहना अलपत्र पारिदिएको भन्दै नेतालाई बहिष्कार गरेर स्थानीय वयोवृद्ध भोटबहादुर पौडेलबाट मोटरबाटो उद्घाटन गराएका छन् । जिविस गुल्मीले जिल्लाका सम्पूर्ण गाविसमा बाटो पुगेको दाबी गरे पनि मभुङ हुलमा पहिलोपटक बाटो पुगेको हो ।
गुल्मी क्षेत्र नम्बर ३ को मुख्य बजार सिमलटारीबाट पाँच किलोमिटर मात्र टाढाको हुल गाउँमा पहिलोपटक मोटरबाटो पुर्‍याएका जनताले दलका नेताले सहयोग नगरेको भन्दै बहिष्कार गरेका हुन् ।
मोटरबाटो निर्माणका लागि मभुङ गाउँ परिषद्ले छुट्याएको तीन लाख ४० हजार रुपियाँ दलका नेताले खातामा राख्न भन्दै मागेपछि स्थानीय युवाले गाउँको विकास आपैँm गर्ने भन्दै रकम फिर्ता नगरेर गाउँमा बाटो पुर्‍याएका थिए ।
मालिका उच्च माविमा शिक्षा संकाय क्याम्पस खोल्ने भनेर ६ वर्ष अघि १० लाख र त्यसपछि विभिन्न शीर्षकबाट १९ देखि २५ लाख रकम खातामा राखिएको थियो । नपुग १ लाख ६० हजार रुपियाँ चन्दा उठाएर खनिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पौडेलले बताए ।
एउटा शीर्षकमा रकम विनियोजन गर्ने र क्याम्पस सञ्चालन गर्ने भन्दै व्यक्तिको खातामा राखेर मनोमानी गर्ने गरेकाले हस्तक्षेपकारी भूमिका खेलेर अनियमितता हुनबाट रोकेको मभुङ– ५ का वडा नागरिक मञ्चका संयोजक पिताम्बर पौडेलले बताए ।
‘स्थानीय राजनीतिक दलका नेताले यसपालि पनि मोटर बाटोलाई परेको पैसा अन्यत्रै हाल्न मागेका थिए,’ स्थानीय युवा एवं वडा नागरिक मञ्चका संयोजक पौडेलले भने, ‘त्यसैले त जिल्लामै पहिलोपटक कुनै पनि दलका नेता नबोलाएर मोटरबाटो उद्घाटन गरायौँ ।’
गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय बासिन्दाले बाजागाजासहित खुसीयाली प्रकट गरेका थिए । सिमलटारीबाट अर्खबाङ जोड्ने बाटो निर्माण करिब चार किमीमात्रै बाँकी छ ।

प्रतिक्रिया