मुर्सी भारत आउने

नयाँदिल्ली : इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सी आगामी महिना भारत आउने भएका छन् । भारत र इजिप्ट दुबैले मुर्सीले भ्रमण गर्ने पुष्टि गरेको भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ ।
इजिप्टले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासम्मिलित समूह ब्रिक्समा संलग्न हुने इच्छा व्यक्त गरिरहेकाले मुर्सीको भ्रमणलाई चासोपूर्वक हेरिनेछ । मुर्सी इजिप्टको राष्ट्रपति पदमा सन् २०१२ मा निर्वाचित भएका थिए । तीन दशकसम्म इजिप्टमा एकछत्र शासन चलाएका होस्नी मुबारकको पतनपछि उनी राष्ट्रपति बनेका हुन् । (सिन्ह्वा)

प्रतिक्रिया