द्विविधामा एमाओवादी कार्यकर्ता

एमाओवादीको सातौं महाधिवेशन राष्ट्रका लागि महत्त्वपूर्ण नभए पनि एमाओवादीका लागि भने ऐतिहासिक र उच्च छलाङ्का रूपमा रह्यो । २१ वर्षअघि चितवनको माडी नजिक भएको छैटौँ महाधिवेशनले निर्माण गरेका नीति, सिद्धान्त र विचार एमाओवादीले हेटौँडामा भएको सातौँ महाधिवेशनबाट विसर्जन गर्दै छ । यति छिटो र यति द्रूत गतिमा कम्युनिस्ट पार्टीमा विचलन आउनु र पूरै परिवर्तन हुनु लोकतन्त्र पक्षधरका लागि खुसीको कुरा हो । तर, हिजोसम्म बन्दुक समाएर सर्वहारा वर्गको नेतृत्व स्थापित गर्न, साथै मुलुक परिवर्तनका लागि युद्ध मोर्चाको अग्रपंक्तिमा रहेर वर्गीय युद्ध लडेका कार्यकर्ताको मानसिकता परिवर्तन भएन भने अप्ठ्यारो स्थिति आउनसक्छ । यसले नयाँ जनवादी क्रान्ति सम्पन्न भएको दाबी गर्ने एमाओवादी नेताहरूलाई झनै अप्ठ्यारो पार्नसक्छ । कम्युनिस्टबाट एकैचोटि लोकतान्त्रिक समाजवादमा रूपान्तरित हँुदा त्यसलाई व्यवस्थापन गर्न निश्चित रूपले गाह्रो पर्छ । सातौँ नो पार्टी नाम मात्रको कम्युनिस्ट पार्टी भएको ररुमहाधिवेशनका कतिपय सहभागीले अब आ यसले जनअपेक्षा पूरा नगर्ने बताइसकेका छन् । फरकमत प्रस्तोता नेता राम कार्कीले नो पार्टी एमाले जतिको पनि नरहेकोमा असन्तुष्टि जाहेर गरेका छन् । तर, मान्नै पर्नेरुआ पक्ष के छ भने एमाओवादीको नीति अब भारत, अमेरिका, युरोपियन युनियन र नेपालका संसद्वादीहरूले सजिलै स्वीकार गर्ने खालको बनेको छ । यही नै अहिलेको उपलब्धि हो ।
‘नेपाली क्रान्तिको नयाँ संश्लेषण: एक ऐतिहासिक आवश्यकता’ नामक अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनको भावनाले माओवादीकै शब्दमा महान् र गौरवपूर्ण जनयुद्धको बोकी नसक्नुको भारी बिसाएको छ । कार्यदिशामा कायाकल्प भएको छ भने त्यसमा वर्ग विश्लेषण र क्रान्तिकारी सोचलाई तिलाञ्जली दिएको छ । चिनियाँ कम्युनिस्ट नेता मओत्सेतुङको नामलाई पार्टीको नाममा जोडिए पनि दस्ताबेज भित्र कम्युनिस्ट गन्ध आउने शब्द राखिएको छैन । अर्थात्, नौलो जनवादी क्रान्ति पूरा भएको र अब नेपाल पनि अर्धऔपनिवेशिक नरहेको विश्लेषण दाहालले गरेका छन् । जसले गर्दा एमाओवादीको विगतको कार्यदिशा पूर्ण रूपमा परिवर्तन भएको छ । ०४८ सालमा भएको एकता महाधिवेशनले ‘राज्यसत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने बाटो लिएको थियो भने यस महाधिवेशनले शान्तिपूर्ण, लोकतान्त्रिक पद्धति अपनाएर मात्र उद्देश्य प्राप्त हुने नीति पारित गर्दै छ । पुरानै नेतृत्व र नयाँ कार्यदिशाको संगमस्थल बनेको हेटौँडाबाट एमाओवादी कार्यकर्ता दुविधा बोकेर फर्किंदै छन् । यो दुविधालाई सुकर्ममा लगाए एमाओवादीलाई निकै सफलता मिल्न सक्छ । अन्यथा कार्यकर्ता पलायन हुने सम्भावना रहन्छ । यसतर्फ भने नेतृत्व नै सजग हुन जरुरी छ ।
माओवादीका नेताहरूलाई अधिकांश महाधिवेशन प्रतिनिधिले विलासीतापूर्ण जीवनशैली अपनाएको, अपत्यारिलो आर्थिक उन्नति गरेको, आर्थिक अनुशासन तोडेको र राष्ट्रियतामाथि खेलबाड गरेको आरोप लगाएका छन् । यस आरोपको खण्डन गर्नसक्ने ठाउँ एमाओवादी नेतृत्वले राखेको छैन । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनले ‘जनयुद्ध’, ‘जनमुक्ति सेना’, ‘राष्ट्रिय स्वाधिनता’, ‘सर्वहारा वर्ग’ र ‘गौरवशाली १० वर्षे जनयुद्ध’ लाई बिर्सिएकोमा कार्यकर्ता रुष्ट बनेका छन् । ती कार्यकर्तालाई एमाओवादीले रूपान्तरित गर्दै सम्हालेर राख्न सकेन भने त्यो शक्तिले समाजमा अर्को खालको वितण्डा मच्चाउन सक्छ । दाहालको राजनीतिक प्रतिवेदनले एमाओवादीलाई नीतिगत रूपमा आमूल परिवर्तन भएको देखायो । तर, कार्यकर्ताको सोचमा नीति परिवर्तन गरे जस्तै सजिलै परिवर्तन ल्याउन सक्ने अवस्था देखिँदैन । यो पक्षमा नेतृत्वले ध्यान दिनुपर्छ । लडाकुदेखि उदण्ड कार्यकर्तालाई समेत उत्पादन नैरुब्रिगेड बनाएर थन्क्याउने अध्यक्ष दाहालको सोचलाई नराम्रो भन्न सकिँदैन । तर, आ लडाकुले पाएको चेकसमेत खोस्ने मानसिकता भएकाहरूलाई कुन उत्पादनशील क्षेत्रमा लगाउने र के उत्पादन गर्ने भन्ने विषय दाहालले खुलाउन सकेका छैनन् । जसले गर्दा एकोहोरो युद्ध चिन्तन बोकेकाहरूलाई उत्पादन बिग्रेडमा थन्क्याउने योजना सफल नहुनसक्छ । यदि, यो जमात भाँडियो भने एमाओवादी र राष्ट्रलाई पनि घाटा हुनसक्छ । तसर्थ, एमाओवादी नेतृत्वले कार्यकर्ताको सोचमा आमूल परिवर्तन ल्याउने उपाय अवलम्बन गर्नुपर्छ । यसले मात्र महाधिवेशन सफल भएको ठहरिनेछ ।

प्रतिक्रिया