“किन किन” को संवाद मात्र सेन्सर

arunima-rajesh-sexyकाठमाडौं : चलचित्र ‘किन किन’ सेन्सर पास भएको छ । लामो समयदेखि सेन्सरको झमेला झेल्दै आएको यस चलचित्रलाई सेन्सर बोर्डले एडल्भ सर्टिफिकेट भिराउँदै सेन्सर पास गरेको हो । तेस्रो चरणको सेन्सर प्रयासमा चलचित्र पास भएको निर्माण पक्षले जानकारी गराएको छ ।
लामो समय सेन्सर झमेला झेलेको चलचित्र ‘किन किन’ को कुनै पनि दृश्य काँटछाँट बेगर सेन्सर पास भएको निर्माता निर्देशक उकेस दाहालले बताए । उनले भने अगाडि सेन्सरमा अड्केका कारण चलचित्रका धेरै दृश्य काट्ने होला जस्तो लाग्थ्यो तर सेन्सरले चलचित्र पास गर्दा कुनै पनि दृश्य काटेको छैन । निर्माण गर्नुको थिम बुझेर नै सेन्सरले चलचित्रको कुनै पनि दृश्यमाथि कैँची नचलाएको उनको अनुमान छ । सेन्सरले चलचित्रका दृश्यमाथि कँैची नलगाए पनि केही संवादमा भने कैँची चलाएको छ । सेन्सरले कैँची चलाएको संवाद म्युट गरिएको निर्देशक दाहालले बताए ।
एडल्ट सर्टिफिकेट पाएको यस चलचित्र १६ वर्षभन्दा माथि उमेर भएका दर्शकले मात्र हेर्न पाउनेछन् । चलचित्रमा समावेश गरिएको नायिका अरुणिमा लामाको न्युड सिन यस अगाडि निकै चर्चामा रहेको थियो । सेन्सरले चलचित्रको त्यो न्युड सिनलाई समेत पास गरेको छ । न्युड सिनका अलवा चलचित्रमा गायक राजेशपायल राईको चुम्बनको दृश्य पनि पाँच सेकेन्डको छ । यो पनि सेन्सरले जस्ताको तस्तै पास गरेको छ । चलचित्रमा राजेश हमाल र अरुणिमा लामा, शशि खड्का राज तिमल्सिनाबीचमा पनि चुम्बनको दृश्यहरू लामै रहेका छन् । राजेश हमाल र नायिका अरुणिमा लामाबीचको यौन सम्बन्धको दृश्य यस अगाडि विवादमा परेको थियो तर सेन्सरले चलचित्रको विषयवस्तुमा आधारित भन्दै त्यो सिन पनि जस्ताको तस्तै पास गरेको छ ।
राजेश हमाल, शशि खड्का, राज तिमिल्सिना, सुभाष थापा, नव नायिका अरुणिमा लामा आदिको चलचित्रमा मुख्य भूमिकामा छ । ‘तन बूढो भए पनि मन बूढो हँुदैन’ भन्ने विषयलाई कथाको रूपमा प्रस्तुत गरिएको यस चलचित्रमा उत्तेजक दृश्यहरू प्रशस्त समावेश छ । यस अगाडि उकेसले यौनकै विषयमा ‘पलपलमा’ निर्माण निर्देशन गरेका चलचित्रले व्यवसाय गर्न सफल पनि भएको थियो । फागुन २५ गतेबाट प्रदर्शनमा ल्याइने भनिएको भए पनि अहिले चलचित्र पछि सरेको छ । (सौस)

प्रतिक्रिया