नासाको बेलुनद्वारा नयाँ कीर्तिमान

baloonवासिंगटन : अन्टार्टिकामाथि ५५ दिनभन्दा बढी उडान भरेपछि नासाको ‘सुपर टाइगर’ नाम गरेको ठूलो बेलुनले सबैभन्दा लामो उडानको कीर्तिमान तोडेको र यसले व्यापक तथ्यांक लिएर फर्केको जानकारी अमेरिकी अन्तरीक्ष संस्थाले सोमबार दिएको छ । बेलुनले एक लाख २७ हजार फिटको उचाइमा रहेर ५५ दिन एक घन्टा ३४ मिनेट उडान भर्दै यसअघि सन् २००९ मा कायम भएको कीर्तिमान भंग गरेको बताइएको छ ।
सो बेलुनले अन्तरीक्षको अन्य कुनै भागबाट पृथ्वीमा आउने उच्च ऊर्जाको किरणका विषयमा तथ्यांक संकलन गरेको थियो । यसमा फलामभन्दा गरुंगो तत्त्व भएको किरणमा अनुसन्धान गरिएको थियो । वैज्ञानिकहरूले यस प्रकारका ऊर्जाका अणु कहाँबाट आउँछन् र उनीहरूमा यसप्रकारको सुपर चार्ज कसरी प्राप्त हुन्छ भन्ने कुरामा अनुसन्धान गरिरहेका छन् । अध्ययनका प्रमुख बब बिन्सले यो निकै सफल उडान भएको र यसले अन्तरीक्षबाट आउने अनेकौँ किरण पत्ता लगाएको उल्लेख गरे । नासाले यी तथ्यांकलाई विश्लेषण गर्न दुई वर्ष लाग्ने उल्लेख गरेको छ । (एएफपी)

प्रतिक्रिया