सम्पादकलाई जर्मनीबाट धम्की….

Gopal Budathokiकाठमाडौं, २३ माघ । साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई समाचारको विषयमा अज्ञात व्यक्तिले टेलिफोनबाट आज माफी माग्न धम्की दिएको छ ।
सोमबारको अंकमा आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाको समाचार प्रकाशित भए पछि सो विषयमा आफूलाई धम्की आएको बुढाथोकीले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुक मार्फत बुढाथोकीले समाचारको विषयमा आफूलाई धम्की आएको जनाएका छन् ।
४९१५२१२०८१४१० नम्वरको टोलिफोनबाट धम्की आएको सम्पादक बुढाथोकीले उल्लेख गरेका छन् । सो टेलिफोन नम्वर जर्मनीको रहेको नेपाल टेलिकमले जनाएको छ ।
‘आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाका बारेमा साँघु साप्ताहिकमा किन समाचार छापिस ? क्षमायाचनासहित माफी माग्छस् की माग्दैनस् भन्ने धम्की आएको छ,’ बुढाथोकीले भनेका छन् ।
महासंघको नाममा रकम उठाएर महासचिव शेर्पाले दुरुपयोग गरेको सम्बन्धी समाचार साँघुले प्रकाशित गरेको छ । सम्पादक बुढाथोकीलाई करीव पौने एक बजे धम्की आएको थियो ।

प्रतिक्रिया