तयार भयो छड्के

chhadkeकाठमाडौं : चलचित्र व्यवसायमा शून्यता छाएको समयमा व्यवसाय गर्न सफल चलचित्र ‘लुट’ निर्माण गरेका निर्माता द्वय माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त निर्माण रहेको चलचित्र छड्के तयार भएको छ । आगामी फागुन ११ गतेबाट स्वदेशका साथसाथै विदेशमा युके, अस्ट्रेलियालगायतका केही देशका सहरमा चलचित्र प्रदर्शनको तयारीमा निर्माण पक्ष जुटेको छ । चलचित्रको व्यवसायमा शून्यता छाएको पछिल्लो समयमा लुट नामक चलचित्र ल्याएर चलचित्रको व्यवसायलाई माथि उठाउन सफल यी द्वय निर्माताको पछिल्लो चलचित्र छड्केले पनि व्यावसायिक सफलता हात पार्ने अडकल चलचित्र बृत्तमा काटिएको छ ।

पछिल्लो समय रिलिजमा आउन लागेका चलचित्र मध्ये प्रतिक्षित सूचीमा रहेको छड्केका निर्देशक निगम श्रेष्ठ हुन् । प्रिन्सेस मुभिज र रस ताण्डवको ब्यानरमा निर्माण भएको चलचित्र छड्कमा सौगात मल्ल, रुविन तामाङ, दयाहाङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, सुनील पोखरेल, विपिन कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक श्रेष्ठकै कथा रहेको छड्केमा छायांकन सञ्जय लामा, संगीत नाइट ब्यान्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ । चलचित्रमा द्वन्द्व योगेन्द्र श्रेष्ठले दिएका छन् । प्रदर्शन अगावै चलेको चर्चाले चलचित्र ३० लाख रुपियाँ नेपालीमा अस्ट्रेलिया र १५ लाखमा युके राइट बेचिसकेको निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्देशक निगम श्रेष्ठ लुटका सहायक निर्देशक हुन् । (सौस)

प्रतिक्रिया