मन्द मन्दका साथ मनु

manu-limbhu--(3)काठमाडौं : सांगीतिक क्षेत्रमा नवगायिकाको भिडमा मनु लिब्बू पनि उभिएकी छन् । उनी मन्द मन्द नामक पप आधुनिक एल्बम् मार्फत यो भिडमा मिसिएकी छन् । शुक्रबार एक समारोहका बीच एल्बम् सार्बजनिक पनि भएको छ ।
मन्द मन्द, गुनासो रह्यो, छन्छन् चुरा बज्यो, च्यात्यौ तिमीले र आऊ आऊ आई दियौ र तिम्रो मुस्कानमा बोलका सात गीत एल्बम्मा रहेको छ । दुई गीत आई दियौ र तिम्रो मुस्कानमा मा गायक तथा नायक बाबु बोगटी र तारा लक्स लिम्बूले स्वरमा साथ दिएका छन् । एल्बम्का गीतमा कमल खत्री, प्रतिमा श्रेष्ठ, बाबु बोगटी, ललिता कुँवर, डम्बर नेपाली र गायिका स्वयंको शब्द तथा संगीत रहेको छ । (सौस)

प्रतिक्रिया