सत्ताका लागि आन्दोलन होइनः कोइराला

Sushil Koirala 4दाङ, १७ माघ । कांग्रेसका सभापति सुशील कोइरालाले विपक्षीहरुको आन्दोलन सत्ताका लागि नभई संविधान निर्माणका लागि भएको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनले आज दाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले कांग्रेसलाई सत्ताको लोभ नभएको बताए । उनले भने, ‘चुनाव र संविधान निर्माणका लागि आन्दोलन थालेका हौं ।’
एमाओवादीको अलोकतान्त्रिक चरित्रका कारण दलहरुबीच सहमति हुन नसकेको आरोप कोइरालाको थियो । उनले आफूलाई दवाव भएकाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया