अनुचित कार्य गर्ने दुई जना पक्राउ

Balatkar 4भक्तपुर, १६ माघ । भक्तपुर जिल्लामा महिला माथि जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली डेरा गरी बस्ने १८ वर्षीया सावित्री तामाङ ( नाम परिवर्तन) लाई आज विहान दुई यवकले जवरजस्ती अनुचित कार्य गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला बरीया–९ घर भएका १९ वर्षीय लालबहादुर तामाङ र २७ वर्षीय लीलाबहादुर तामाङलाई रहेका छन् ।
सावित्रीले विहान साढे छ बजे आफूलाई जबरजस्ती अनुचित कार्य गरेको उजुरी दिए पछि महानगरीय प्रहरी वृत्त ठिमीबाट गएको टोलीले दुबै जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया