संविधानसभा पुनःस्थापना गरौं: राई

Ashok-Rai-soluसोलुखुम्बु, १४ माघ । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधानसभाको पुनःस्थापना नै वर्तामान राजनीतिक गतिरोध अन्त्यको उत्तम विकल्प भएको बताएका छन् ।
सोलुखुम्बुमा आज आयोजित कार्यक्रममा अध्यक्ष राईले मुलुकलाई संबैधानिक तरिकाले निकास दिनका लागि संविधानसभा पुनःस्थापना आवस्याक रहेको दोहराए । उनले भने, ‘निर्वाचन नहुने भए पछि संविधानसभा पुनःस्थापनानै राम्रो हुन्छ ।’
तीन ठूला दलले मुलुकलाई निकास दिन नसक्ने उनले बताए । ‘आवश्यक परे म नै प्रधानमन्त्री बनेर मुलुकलाई निकास दिन तयार छु,’ राईको भनाई छ ।
उनले संविधानसभा पुनःस्थापना गर्न दलहरु तयार नभए आफूहरुले आन्दोलन गरेर सबैलाई ठेगान लगाउने चेतावनी पनि दिए ।
अध्यक्ष राईले नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालालाई स्वीकार गर्न नसकिने बताए ।

प्रतिक्रिया