स्वस्तिका भइन् जुनियर स्कुल प्रिन्सेज

Missकाठमाडौं : जुनियर स्कुल प्रिन्सेज ०१३ को ताज स्वस्तिका ढकालले लगाउन सफल भएकी छन् । शुक्रबार राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ३१ प्रतियोगीलाई पछि पार्दै उनले सो ताज लगाउन सफल भएकी हुन् । गत वर्षकी विजेता प्रशंसा सिटौलाले उनलाई ताज पहिर्‍याएकी थिइन् ।
१२ वर्षीया स्वस्तिका ढकाल ºलोरोसेन्ट एकाडेमी सामाखुसीमा अध्यनरत छिन् । प्रतियोगितामा मिस ट्यालेन्टसमेत घोषित भएकी ढकालले एक वर्षका लागि स्कुलमा स्कलरसिप, ल्यापटप, साइकल, ब्याग, मोबाइल र अन्य पुरस्कार हात पारिन् ।
प्रतियोगितामा फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि करुना पुर्जा मगर र प्रतिभा तामाङले हातमा पार्न सफल भए । मिस पपुलरसमेत घोषित भएकी करुना एन्जलहट उच्च मावि कक्षा ५ की छात्रा हुन् । करुणले उपाधिका साथमा साइकल ,मोबाइल, स्कुल ब्याग र अन्य पुरस्कार जितेकी छन् । त्यस्तै मिस डिसिपिलिन अवार्डसमेत हात परेकी प्रतिभा इस्टपोल उच्च माविकी छात्रा हुन् ।
थर्ड रनरअपको र फोर्थ रनरअपसमेत घोषणा गरिएको प्रतियोगितामा यी अवार्ड क्रमश: सृिष्ट थापामगर र कृति दंगालको हातमा पर्‍यो ।
अन्य विधामा बेस्ट फ्रेन्डसिप स्नेहा सिग्देल, बेस्ट स्माइल निसिम लामा, बेस्ट स्किन दिगिसा घले, बेस्ट प्रसनालिटी ओस्मा तन्डुकार, अर्गनाइजर च्वाइस प्राप्ति थापा, मिस इनोसेन्ट पूजा पोखरेल, क्युट चाइल्ड सम्रागी देवकोटा, मिस इन्टेलिजेन्ट सौर्या अधिकारी, मिस हेल्दी कृस्टला श्रेष्ठ, मिस फोटोजेनिक मोनिका ढकाल र बेस्ट ड्रेस आइसा गुरुङले हात पार्न सफल भए ।
प्रमुख निर्णायक दरबारमार्ग प्रहरी प्रभाग प्रमुख डा. तपनकुमार दाहाल, मिस नेपाल इन्टरनेसनल सुभेक्षा खड्का, मिस इकलेज ०१० फस्ट रनरअप सोनिया श्रेष्ठलगायत रहेका थिए । ८ वर्ष देखि १२ वर्ष सम्मका ४, ५, ६र ७ कक्षामा अध्यानरत छात्राको प्रतियोगितामा सहभागिता जनाएका थिए । जाडो बिदामा घरमा रहेका छात्राको बिदाको सदुपयोग गर्दै ती छात्राको अन्तरनिहित प्रतिभाको प्रष्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था सिजन मिडियाका प्रमुख प्रदीपराज वन्तले बताए । (सौस)

प्रतिक्रिया