एमाओवादी कार्यकर्तासहित पाँच पक्राउ

कैलाली : कैलालीमा आपराधिक घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एमाओवादी कार्यकर्तासहित पाँचजनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका र मुनुवा गाविसका विभिन्न वडामा लुटपाट तथा डकैतीमा संलग्न रहेको अभियोगमा प्रहरीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टीकापुर–५ का ३० वर्षीय संगम भनिने सन्तोषकुमार चौधरी, टीकापुर–९ का डेबिट भनिने रविन चौधरी, कोटातुलसीपुर मनुवाका २० वर्षीय राजेन्द्र कठरिया, जोशीपुर–६ का ३० वर्षीय कान्छा कठरिया र जोशीपुर–९ का ३० वर्षीय रामअवतार चौधरी छन् । संगम एमाओवादी थारूवान् राज्य समिति सदस्य र डेबिट सक्रिय कार्यकर्ता हुन् । उनीहरूको साथबाट एक नाल कटुवा पेस्तोल, दुई राउन्ड गोली, दुई राउन्ड फायर भएको खोका तथा पाँच किलो पोटास र २ सय ४० ग्राम गन्धक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया