सरकार विरुद्ध विद्यार्थीको प्रदर्शन

Studentकाठमाडौं, ९ माघ । सरकारको राजीनामाको माग गर्दै प्रतिपक्षी दल निकट विभिन्न आठ विद्यार्थी संगठनहरुले संयु्क्त प्रदर्शन गरेका छन् ।
भट्टराई नेतृत्वको सरकार विरुद्ध यसअघि छुट्टाछुट्टै संघर्ष कार्यक्रम गर्दै आएका विद्यार्थी संगठनहरुले आज राजधानीमा संयुक्त प्रदर्शन गरेका हुन् । देशमा दण्डहीतना बढेको र सरकार स्वयम अपराधीहरुलाई संरक्षण गर्न लागिपरेको भन्दै विद्यार्थी नेताहरुले एमाओवादी नेतृत्वको सरकारको कडा आलोचना गर्दै राजीनामाको गरेका छन् ।
उनीहरुले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कडा कारवाहीको माग समेत गरे । प्रधानमन्त्री भट्टराईले राजीनामा नदिएसम्म सडक आन्दोलन जारी राख्ने चेतावनी विद्यार्थी नेताले दिए ।
देशभरि नै सरकार विरुद्ध संयुक्त प्रदर्शन भएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनले बुधवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र बिहीवार नेविसंघ, नेपाल महिला संघ र तरुण दलको आयोजनामा देशभरि प्रदर्शन गरिने बताए । सहमतिबाट प्रधानमन्त्री राजीनामा गर्न तयार नभएको जनाएका कांग्रेस, एमाले लगायतका प्रतिपक्षी दलले केहि दिन अघि दैलेख बाट आन्दोलनको सुरुवात गरिसकेका छन् ।

प्रतिक्रिया