चीनमा श्रमशिविर अन्त्य हुने

बेइजिङ : चीनमा निकै विवादास्पद बनेको ‘पुन: शिक्षा’ अर्थात् श्रमशिविरको व्यवस्था यस वर्षदेखि अन्त्य गरिने जानकारी एक वरिष्ठ अधिकारीले दिएको ‘चाइना डेली’ले सोमबार जनाएको छ । यस व्यवस्थाअन्तर्गत कुनै पनि व्यक्तिलाई खुला रूपमा सुनुवाइ नगरीकनै चार वर्षसम्मको पुन: शिक्षाका नाममा श्रमका लागि पठाउन सकिन्छ ।
कम्युनिस्ट पार्टीका हालै नयाँ सर्वोच्च नेता सी जिनपिङले यस्तो व्यवस्था समस्या बन्दै गएको र यसले सरकारलाई जनताबाट पृथक् बताएको धारणा राखेको केही दिनपछि डेलिमेलमा व्यवस्था उन्मूलनसम्बन्धी समाचार प्रकाशन भएको हो ।
विरोधीहरूले सरकारले आºना आलोचकलाई तह लगाउन श्रमशिविर उपयोग गर्ने गरेको आरोप लगाउँदै आएका छन् । लाओजियाओ नाम गरेको यो व्यवस्था अन्त्य गरिने भए पनि कहिलेदेखि अन्त्य गरिन्छ भन्ने उल्लेख गरिएको छैन । चाइना ल सोसाइटीका उपनिर्देशक चेन जिपिङले चिनियाँ संसद् राष्ट्रिय जनकंग्रेसले समर्थन नगरेसम्म सीमित रूपमा यो व्यवस्था उपयोग हुने बताएको चाइना डेलीले उल्लेख गरेको छ । (एएफपी)

प्रतिक्रिया