सभा व्यवस्थापन गर्न समिति गठन

puspakal dahal ko gharकाठमाडौं, ६ माघ । सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राजधानीमा माघ–१७ गते गर्न लागेको जन–जागरण सभाको तयारीका लागि व्यवस्थापन समिति गठन गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटाम आज बसेको सचिवालय बैठकले जन–जागरणसभा व्यवस्थापनका लागि प्रवक्ता प्रेमबहादुर सिंहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिले सभामा उल्लेख्य सहभागिताका लागि जनपरिचालनका साथै आवश्यक पर्ने सबै कार्य गर्ने छ ।
सभालाई व्यवस्थित बनाउन सचिवालयले प्रचारप्रसार, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन र स्वयं सेवक परिचालन उपसमिति समेत गठन गरेको प्रवक्ता सिंहले जानकारी दिए ।

प्रतिक्रिया