सिंहका सहयोगीको निधन

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहका सहयोगी राजन शर्मा निधन भएको छ ।
परिवारसँग भारत भ्रमणमा गएका समयमा उनको हृदयघातका कारण निधन भएको युपी लामिछानेले जानकारी दिए । शर्माको बिहीबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार हुने कार्यक्रम छ ।
कांग्रेस महामन्त्री सिंहको सहयोगीका रुपमा लामो समय काम गरेका शर्मा महासमिति सदस्य पनि हुन् ।

प्रतिक्रिया