‘मुक्ति’ लाई पिजी सर्टिफिकेट

काठमाडौं : चलचित्र सेन्सर बोर्डको लामो रस्साकस्सीपछि अन्तत: चलचित्र ‘मुक्ति’ले पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डले चलचित्र ‘मुक्ति’का लागि पिजी सर्टिफिकेट दिएको चलचित्रका निर्देशक कमल खालिङले बताए । सडक बालबालिकाले पछि गएर के कस्तो अवस्था झेल्नु पर्छ भन्ने कथामा आधारित एक्सन–प्रधान चलचित्र ‘मुक्ति’मा दीलिप रायमाझी, राजन महर्जन, रञ्जु लामिछाने, निशा शाह, गणेश उप्रेती, राजु गिरी, सुभाष गजुरेल आदि कलाकारको अभिनय छ । कला राई र सोनिया राईले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता रामेश्वर बहिजु रहेका छन् । नारायण मैनालीको तेस्रो प्रस्तुति रहेको यस चलचित्रमा द्वन्द्व अष्ट महर्जन, नृत्य शिव शर्मा, संगीत कृष्ण राजभण्डारीको रहेको छ भने निर्देशन कमल खालिङले गरेका हुन् । (सौस)

प्रतिक्रिया