हमाललाई राजनीतिमा लाग्न सुझाब

झापा : झापाका राजनीतिक दलका नेता तथा पत्रकारले नेपाली चलचित्रका अभिनेता राजेश हमाललाई राजनीतिको पनि महानायक बन्न सुझाब दिएका छन् । बिर्तामोडमा शुक्रबार रेडियो विराटको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले हमाललाई नेपाली राजनीतिको नायक बन्न सुझाब दिएका हुन् । कार्यक्रममा राजनीतिक नेताहरू देशको प्रधानमन्त्री छान्न असफल भएकाले हमाललाई प्रधानमन्त्री बनाउन दलहरूलाई सुझाबसमेत दिएका थिए ।

कार्यक्रमको अतिथि बनेका हमालले आफूले अझै चलचित्र क्षेत्रमा केही काम गर्न बाँकी रहेकाले राजनीतिमा नजाने बताए । तर, राजनीति यही ढंगले बिग्रीरहने हो भने आफू राजनीतिमा कहिल्यै न नजाने बताए । कार्यक्रममा अभिनेता हमाललाई दर्शक र फ्यानले स्वागत गरेका थिए । हमाललाई भेट्ने, फोटो खिचाउने, अटो भराउने र उनीसँग नाच्ने फ्यानहरूको भिड नै लागेको थियो । कार्यक्रममा कलाकार विनोद बिकले विभिन्न कलाकारको क्यारिकेचर गरेर देखाए । (सौस)

प्रतिक्रिया