बाबुद्वारा तीन बर्षीया छोरीको बलात्कार

काठमाडौं, २० पुस । काठमाडौंमा आफ्नै तीन वर्षीया छोरी बलात्कार गर्ने ईन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडस्थित डेरामा बस्ने ईन्द्रबहादुरले बुधबार राति छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्ला चाउथे–६ स्थायी घर भएका ४० बर्षीय ईन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
नावालिका छोरीलाई बाबुले बलात्कार गरेको उजुरी आमाले नै प्रहरी समक्ष गरेकी थिईन । आमाको उजुरी पछि प्रहरीले ईन्द्रबहादुरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया