‘काले’मा दिनेश नायक

काठमाडौं : अचेल सञ्चारकर्मीहरूमा अभिनय मोहपलाउन थालेको छ । केही समय अगाडि निर्माण भएको चलचित्र प्रोड्युसरबाट रंग पत्रकार श्याम अर्याल चलचित्र अभिनेताका रूपमा
डब्युगरेको प्रसंग सेलाउन नपाउँदै अर्का पत्रकार दिनेश दुलाल पनि नेपाली रजतपटमा डेब्यु गर्दै छन् ।
दुलाल निर्माणाधिन चलचित्र ‘काले’मार्फत अभिनयमा देखिन लागेका हुन् । दुलालले यस अगाडि आधा दर्जन जति म्युजिक भिडियोमा समेत अभिनय गरका छन् । आफूले भनेजस्तो चलचित्र ‘काले’को कथा भएकोले यस चलचित्रमा अभिनय गर्न लागेको हो दुलालले बताए, उनले भने मलाई धेरै अगाडि देखि नै चलचित्रमा अफर आएको थियो तर आफूलाई चित्तबुझ्दो नभएर अभिनय गरिनँ ।
‘काले’ ब्रबिम फिल्म्स् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो ।  महेश गिरीले निर्माण गर्न लागेको चलचित्रको निर्देशक उद्ध्व अविदित रहेका छन् ।
नेपालको दुर्गम कर्णाली भेगमा व्याप्त अशिक्षा, अन्याय र अत्याचारको सत्य यथार्थमा आधारित रही निर्माण हुन लागेको चलचित्रको नाम पहिले ‘खुर्पा’ राखिएको थियो । तर, चलचित्र विकास बोर्डमा यो नाम अन्य ब्यानरले निर्माणका लागि इजाजत अनुमति पहिले नै लिएकोले यसको नाम फेरिएको हो । (सौस)

प्रतिक्रिया