‘हट’ बीना गीता अध्ययनतिर

मुम्बई : बलिउडकी हट पाकिस्तानी अभिनेत्री बीना मल्लिक पछिल्लो केही समययता ग्ल्यामरमा निकै खुलेर आउने गरेकी छन् । ग्ल्यामरमा त्यसरी खुलेपछि उनको चर्चा नहुने त कुरै भएन । तर, सधैँ ग्ल्यामरका कारणले चर्चामा रहने मल्लिक यसपटक भने फरक कारणले चर्चामा छिन् । अहिले उनी चर्चामा छाउने विषय बनको छ, श्रीमद्भागवत गीता । मल्लिकले वर्ष २०१३ को सुरुआत महान हिन्दू धर्मग्रन्थ भागवत गीताका केही अध्याय पढेर गरेकी छन् । त्यसैले अचेल उनी जहाँ जान्छिन्, आफूसँगै लान्छिन् भागवत गीता । कहाँसम्म भने चलचित्रको सुटिङ सेटमा जाँदा पनि उनले गीता लगेर अध्ययन गर्ने गरेकी छन् ।
गत वर्ष डिसेम्बर १६ मा दिल्लीमा गुडिरहेको एउटा बसभित्रै भएको हिंस्रक सामूहिक बलात्कारको घटनाले मल्लिकलाई गहिरो चोट पुगेको छ । त्यसैले बलात्कारपीडित महिलाहरूलाई उचित न्याय दिने सही बाटो भागवत गिताबाट मिल्छ कि भनेर उनले गीताअध्ययन सुरु गरेको भारतीय सञ्चारले जनाएका छन् । मल्लिक अचेल आफ्नो पछिल्लो चलचित्र ‘द सिटी द्याट नेभर स्लिप्स’मा अभिनयरत छन् । चलचित्रको निर्माण सतीश रेड्डीले र निर्देशन हारुन रशिदले गरेका हुन् ।
सामूहिक बलात्कारको सिकार भएका पीडित महिलाका लागि न्याय खोज्न गीताअध्ययन गरिरहेको मिडियाले उल्लेख गरे पनि आफ्नो मनको शान्तिका लागि गीताको अध्ययन गर्ने गरेको मल्लिकले बताएकी छन् । भनिन्, ‘जिन्दगीमा आइपर्ने कठिन परिस्थितिबाट उम्कन पनि आध्यात्मिक ज्ञानका आवश्यक पर्दछ । आफ्नो धर्मबाहेक अर्काे धर्मको बारेमा अध्ययन गर्दा कुनै बाधा आइनपर्ने धारणा राख्दै उनले भनिन् सधँै कुरान पढ्ने गरेको मैले अहिले त्यसको साथसाथै भागवत गिता अध्ययन पनि थालेको छु । यी दुवैको अध्ययनले मैले यो थाहा पाए कि सबै धर्मले देखाउने एउटै बाटो छ त्यो हो शान्तिको । (एजेन्सी

प्रतिक्रिया