‘बदनाम’ एल्बम सार्बजनिक

काठमाडौं : गायक भुवन सुप्तिहाङ राईको पछिल्लो एल्बम ‘बदनाम’ सार्बजनिक भएको छ । बिहीबार प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागि काईंला, गायक गणेश रसिक, गीतकार विरेन्द्र राई, ज्ञानेन्द्र राई, बुद्धवीर लामा, नन्दकिशोर जोशी, रामप्रसाद तिमल्सिनालगायतले संयुक्त रूपमा उक्त एल्बम सार्बजनिक गरेका थिए । विमोचन समारोहमा राईले दुई गीतसमेत गायका थिए । कार्यक्रममा एल्बममा रहेका गीतमाथी बनेका म्युजिक भिडियोसमेत देखाइएको थियो ।
तिमीलाई निथ्रुकै भिजायो, आँसुको दाग यो, तिमीलाई पर्खि बस्दा, म त माया गर्ने बाटोतिर, मन मिल्ने दु:ख सुख, म बिर्सिने मान्छे होइन र छिटको गुन्यौ चौबन्दीलगायत बोलका सात गीत समेटिएको एल्बममा जितेन्द्र रसिक, भूपेन्द्र खड्का, वुद्धवीर लामा, जेवि संयोगी, नरेश राई, रुद्र थापाको शब्द रहेको छ । (सौस)

प्रतिक्रिया