बलिउड सेलिब्रेटीको विवाहको वर्ष बन्यो ०१२

नयाँ दिल्ली : वर्ष ०१२ बलिउड कलाकार अपिर्यसका कारणले मात्र हैन विवाहका कारणले पनि चर्चामा रहे । यसवर्ष बलिउडका कयौँ सलिब्रेटी विवाह बन्धनमा पनि बाँधिए । विवाह बन्धनमा बाँधिएका सेलिब्रेटीमध्ये कोही यस्ता छन् जसको विवाह प्रशंसक र बलिउड चलचित्र क्षेत्रले समेत लामो समयदेखि प्रतीक्षा गरेको थियो भने केही अभिनयमा पाएको लगातार असफलताले विवाह बन्धनमा बाँधिए ।
यसै वर्ष बलिउड अभिनेता रितेस देशमुखले आफ्नो सात वर्ष लामो प्रेमलाई विवाहको रूप दिए । उनले प्रेमीका जेनेलीयासँग फेबु्रअरी ३ मा विवाह गरेका थिए । पारम्पारिक मराठी रीतिरिवाजमा सम्पन्न भएको यो विवाहमा बलिउडका सेलीब्रेटीका साथमा राजनीतिक तथा उद्योगीको सहभागिता थियो ।
बलिउडमा ड्रिमगल उपनामले चिनिएकी अभिनेत्री हेमामालिनीकी छोरी ईशा देवलले पनि आफ्नो प्रेमी भरत तख्तानीसँग विवाह यसै वर्ष गरिन् । जुलाई २९ मा दक्षिण भारतीय रीतिरिवाजअनुसार उनले विवाह गरिन् । यो विवाहमा उनका भाइ सन्नी तथा बब्बी देवलको उपस्थिति भने रहेन । उनको विवाहमा उनका नजिकका साथीलगायत सहभागी थिए ।
वर्षको सबैभन्दा चर्चामा रहेको सेलिब्रेटीका विवाह भने कपुर खानदानकी छोरी अभिनेत्री करिना कपुर र सैफ अली खानको रह्यो । बलिउड तथा उनका प्रशंसकले यो विवाहका प्रतीक्षा विगत पाँच वर्षदेखि गरेका थिए । सैफ करिनाले १६ अक्टुबरमा विवाह गरे । उनीहरूले निजी समाराहमा विवाह गरे पनि विवाह भोज भने भव्यसमारोह गरेका थिए । जुन समारोहमा बलिउडका हस्ती शाहरुख खान, अनिल कपुर, प्रीति जिन्टालगायत उपस्थिति थियो । करिनाको या विवाहलाई उनका पूर्वब्वाय फ्रेन्ड साहिद कपुरले समेतले सुखद दाम्पत्य जीवनको शुभकामना दिए । करिनाको यो विवाह पहिलो भए पनि सैफका भन दोस्रो हो । यसअगाडि सैफल अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । विवाह गरेको १४ वर्ष पछि सैफले विवाह तोडका थिए ।
त्यसोत आफूलाई क्यान्सर हुँदा हँुदै पनि अभिनयमा प्रवेश गर्ने अभिनेत्री लिजा रेले लामो समयदेखि असल साथीको भूमिका निर्वाह गर्ने बैंक प्रबन्धक जैसन डेहनीसँग विवाह गरिन् । उनले अक्टुबर महिनामा क्यालिफोर्नियामा विवाह गरेकी थिइन् । ‘क्यान्सर भएको दौरानमा मिलेको अनुभवले मलाई विवाह गर्न प्रेरित गर्‍यो,’ लिजाले भनिन् ।
चलचित्र रक स्टारका गायक मोहित चौहानले दिल्लीमा पत्रकारिता गर्दै गरेकी प्रार्थनासँग विवाह गरे । पाँच जुलाइमा एक निजी समारोहका आयोजना गरी गरिएको विवाह सम्पन्न भएको थियो । त्यस्तै दक्षिण भारतीय चलचित्रका सुपरस्टार चिरञ्जीवीले पनि यसै वर्ष विवाह गरे । चलचित्र द डट्टी पिक्चर्सकी अभिनेत्री विद्या बालनको विवाह भने वर्षको अन्त्यतिर भयो । उनले आफ्नो मित्र तथा युटिभीका मुख्य प्रबन्धक अधिकारी सिद्धार्थ विवाह गरेकी हुन् । व्यक्तिगत तरिकाले विवाह गरिएको यो समारोहमा अभिनेत्री रेखाका अलवा कोहीको पनि उपस्थिति थिएन । बिद्याले पञ्जाबी और दक्षिण भारतीय रीतिरिवाज अनुसार १४ डिसेम्बर विवाह गरेका थिए । बिद्याको यो पहिलो विवाह भए पनि सिद्धार्थको यो तेस्रो विवाह हो । (एजेन्सी)

प्रतिक्रिया