दुई क्यासिनोमा प्रहरी छापा

काठमाडौं, १६ पुस । सुरक्षा निकायको आँखा छलेर नेपालीहरुलाई जुवा खेलाउने राजधानीका दुई वटा ‘जुवाघर’ क्यासिनामा प्रहरीले छापा मारेको छ ।
दरवारमार्गस्थित रोयल क्यासिनो र लाजिम्पाटको भेनस क्यासिनोमा सोमबार राति छापा मारेर नेपाली जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । छापाका क्रममा प्रहरीले जुवा खेलीरहेका ४ नेपालीलाई फेला परेको थियो ।
रोयल क्यासिनोबाट बानेश्वर बस्ने ३४ बर्षीया रानी अधिकारी पक्राउ परेकी छन् ।
भेनस क्यासिनोबाट २८ बर्षीय रविन श्रेष्ठ, कलंकी बस्ने धादिङ जिल्ला जीवनपुर घर भएका ३४ बर्षीय राजु धिताल तथा कलंकी बस्ने उदयपुर जिल्ला गाईघाट घर भएका ४२ बर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीले अबैध रुपमा जुवाखेलाउने क्यासिनो सञ्चालकहरुलाई भने केही गरेको छैन । यस अघि पनि नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाएको भन्दै पटक पटक छापा मारिसकेको छ ।

प्रतिक्रिया