पत्नी सीतासँग दाहाल बैंकक प्रस्थान

काठमाडौं, १६ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।
पत्नी सीता अस्वस्थ्य भए पछि उपचार गराउन आज दिउँसो थाईल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको दाहालको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहाल बुधबार स्वदेश फर्कने कार्यक्रम छ । उनीहरुको बैंकक भ्रमणका बारेमा थप केही बताईएको छैन ।

प्रतिक्रिया